१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


बैंकबाट हराएको २४ लाख रुपैयाँ फेला, कर्मचारी नै चोरीमा संलग्न


0
Shares

हराएको रकम अत्तरिया नगरपालिकास्थित वासखेडामा फेला परेको हो । रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बैंकका कर्मचारी उपाध्यायले भाउजु पर्ने लीला जोशीको घरमा रकम राखेका थिए । पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार नियन्त्रणमा लिइ सोधपुछ थालेको थियो ।

अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरेको स्वीकारेका हुन् । शुक्रबार दिउँसो बैंकको एटीएममा राख्न तयार पारिएको उक्त रकम एटीएममा नराखी गायव पारिएको थियो ।