
ट्रमा सेन्टरमा एक महिनादेखि आइसियु कक्षमा राखिएको ४९ बर्षीय उर्मिला रापचाको टाउको शल्यक्रिया गरेपछि अवस्था झन् नाजुक बन्दै गएको दावी उनीहरुको छ । टाउकोमा रगत जमेर कोमामा गएकी उर्मिलाको शल्यक्रियापछि पनि अवस्था सुध्रन नसकेको हो ।
शल्यक्रिया गरेको १५ दिनपछि चिकित्सकले टाउकोमा पानी वा पीप जमेको भनि फेरि शल्यक्रिया गर्न लगाएको तर ५ दिनपछि चिकित्सकले बिरामी बच्ने आश एक प्रतिशतमात्र रहेको भनेपछि उनीहरु आक्रोशित भएका हुन् ।
जीवनको आशा एक प्रतिशतमात्रै छ भन्ने तर औषधि भने महँगो महँगो मगाएको गुनासो उनीहरुको छ ।
बिरामीको गुनासोप्रति ट्रमाका प्रमुख डा. प्रमोद उपध्यायले बिरामीको अवस्था पहिलेदेखि नै नाजुक रहेको भन्दै थप प्रतिक्रिया दिन चाहेनन् । शल्यक्रियामा संलग्न चिकित्सकले पनि कुरा गर्न यसबारे केही कुरा गर्न मानेनन् ।
बिरामीका परिवारले भने नर्सबाट पनि राम्रो व्यवहार नभएको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस्