१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सिरहामा अज्ञात समुहद्वारा वाइसीएलका इन्चार्जमाथि गोली प्रहार


0
Shares

घाइते हुनेमा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खान छन् । खानलाई अज्ञात समुहले भरुवा बन्दुकबाट गोली हानेको थियो ।

खानको टाउकोमा केही छर्रा लागेको सिरहाका प्रहरी प्रमुख एस पी शेखर कोइरालाले जानकारी दिए । घाइते खानको मिर्चैयाको मंगलम् अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था खतरामुक्त रहेको छ । गोली हान्ने समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।