
प्रहरीले नेपालसँग सीमाना जोडिएको भारत, विहारको मधुवनी जिल्ला लदनीयाँका २५ वर्षीय पुजनराम मोचीलाई सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलबाट ३८ लाख नेपाली नोटसहित नियन्त्रणमा लिएको हो ।
गस्तीमा रहेको प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा कपडाको थैलोमा पोकोपारी शरीरमा बेरेर राखेको अवस्थामा हजार र पाँच सयदरको नोट बरामद गरेको सशस्त्र प्रहरी बेस क्याम्प गोलजारका इन्सपेक्टर दुर्गा भट्टले बताए ।
पक्राउ परेका मोचीले आफूलाई मधुवनीका शंकर सहनी नाम गरेर किराना पसलेले गोलबजारका एक व्यवसायीलाई पुर्याउनका लागि पठाएको बताए ।
उनले आफू उसैकोमा काम गर्दै आएको र उनले ‘यो पैसा पुर्याएर आऊ’ भनेकोले पुर्याउनमात्र आएको बयान दिएको बताइएको छ ।
मोचीमाथि सम्पत्ति शुद्धिकरण ऐनअन्तर्गत् मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्