१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या


0
Shares

दिउँसो १२ः३० बजेतिर सिजुवा–६ स्थित मुसहरबस्तीका २६ वर्षीय उदय सुतिहारले मादकपदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए ।

हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रंगेली अस्पतालमा उपचारकाक्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए ।

घटनालगत्तै श्रीमान्ले पनि विषादी सेवन गरेका थिए । उनको अहिले कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । रासस