१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नेपाल प्रहरीको सदाचार र खत्रीको सुनकान्ड (भिडियो रिपोर्ट)


0
Shares

विभिन्न खरिद र ठेक्का प्रकरणमा अनियमितता गरेको आरोपमा प्रहरीका केही पूर्वमहानिरीक्षक नै मुद्दाको तारिख अझै खेप्दै छन् ।

यस्तैमा थपिएको छ, विमानस्थलको सुनकान्ड र पक्राउ परेका छन्, प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री ।

नेपाल प्रहरी । सत्य, सेवा र सुरक्षा, मूल मोट्टो अर्थात् मन्त्र । आम नागरिकको सेवामा हरदम समर्पित रहने कसम खाएर सेवा प्रवेश गरेकाहरुको बर्दिधारीहरुको संगठन । सत्य, निष्ठा र सुरक्षा पहिलो कर्तव्य ।

आममानिसले भर गर्ने, विश्वास गर्ने संगठन । नीलो रंगको बर्दीमा प्रहरी देखेपछि निर्धाहरुले सुरक्षाको अनुभूति गर्ने । दुःख र अन्यायमा परेकाहरुले न्याय पाउने त्यही बर्दीको भरोसा । अन्यायी, व्यभिचारी, दुष्कर्ममा लिप्तहरुका लागि भने त्यही बर्दी दन्डको प्रतिरुप ।

अनाचार, दुराचार, अनियमितता, घुसखोरी, नैतिक पतनमा लागेकाहरुलाई दन्ड दिलाउने पहिलो खुड्किलो । समग्रमा नेपाल प्रहरीको चिनारी यिनै हुन् ।

यिनै विशेषतालाई मूलमन्त्र मान्दै प्रहरी संगठनमा प्रवेश गरेर राज्यको पहरेदारी स्वीकारेकाहरुले नै माथि उल्लेख गरेभन्दा ठीक विपरीत कर्म गर्न थाले भने समाज, राज्य व्यवस्था के होला ? ठीक त्यस्तै परिस्थिति नेपाल प्रहरीले बारम्बार व्यहोर्नुपरेको छ ।

यसपटक पनि संगठनलाई कमान्ड गर्ने स्तरका ओहोदाधारी अधिकृत नै सुन तस्करीजस्तो कान्डमा मुछिएका छन् । उनलाई पक्रने संगठन पनि प्रहरी नै छ । तिनै बर्दिधारी प्रहरीले नै उनलाई तहकिकात र पुर्पक्षका लागि अदालतबाट म्यादसमेत लिएको छ ।

अर्थात् प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री पछिल्लो प्रकरणमा त्यही आममानिसले भरोसा गर्ने बर्दीमा दाग लगाउने पात्रकारुपमा देखिए । खत्रीमाथि सुन तस्करी गराउन सघाएको आरोप लागेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।