
काठमाडौं । ‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ नामक पुस्तकको आज काठमाडौंमा बिमोचन गरिएको छ ।
नेपाली कांग्रेसका नेता राजेश अधिकारीले लेखेको पुस्तक एक समारोहकाबीच विमोचन गरिएको हो ।
पुस्तकमा कम्युनिष्ट सरकार गठन भएपछि मुलुकमा बढ्दै गएको बेथितिका बारेमा उल्लेख गरिएको छ ।
लेखकले महंगी, बेरोजगारी, भ्रष्टाचार, बलात्कार, अनियमितता, अराजकता, ज्यादती, कुशासन र झुठ आश्वासन कम्युनिष्ट सरकारको समयमा बढेको भन्दै पुस्तक मार्फत आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्