१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


गोली प्रहार गरी रकम लुट्ने पक्राउ


0
Shares

मोरङ, कटहरी–४ बस्ने ३४ वर्षीय कात्तिक कामतलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

जीवन विकास समाज शाखा कर्सियाका सहायक फिल्डमा कार्यरत् रंगेली–११ बस्ने ३७ वर्षीय घनश्याम बहरदार चढेको मोटरसाइकललाई गत माघ १२ गते विराटनगर–रंगेली सडकखन्डको दादरबेरियामा रोकेर लुटपाट गरिएको थियो ।

एक भारतीय नम्बरको मोटरसाइकलसमेत गरी दुई मोटरसाइकलमा आएका लुटेराको समूह सो रकम लुटेर फरार भएको थियो ।

घटनामा संलग्न अन्य लुटेराको खोजबिन भइरहेको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी गराए ।

पक्राउमा परेका कामत यसअघि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा २०७२ साल वैशाख ६ गते १० वर्षको सजाय भुक्तान गरी कारागारबाट मुक्त भएका थिए । रासस