
काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुसन्धानका लागि समय दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिएको हो ।
सुन तस्करहरुलाई ३३ किलो सुन भित्र्याउन सघाएको आरोपमा एसएसपी खत्रीलाई सीआइबीले पक्रेर हिरासतमा राखिरहेको छ ।
गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् ।
सीआइबीले खत्रीलाई आइतबार दिउँसो प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो ।
प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत तीनजना कर्मचारीलाई पनि पक्रिसकेको छ । उनीहरुको बयानसमेतका आधारमा खत्रीलाई पक्राउ गरिएको बताइएको छ ।
गत पुस २१ गते दुबई विमानस्थल हुँदै ल्याइएको सुनसहित सीआइबीले तीनजनालाई नियन्त्रणमा लिएको थियो ।
यो पनि पढ्नोस्
दुबईबाट ल्याइएको ३२ किलो सुनसहित तीन पक्राउ, यसरी भित्र्याइयो सुन (भिडियोसहित)
प्रतिक्रिया दिनुहोस्