१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘तीन वर्षदेखिका प्रेमी’ले एसिड छ्यापे, युवतीको ज्यान गयो


0
Shares

मृत्यु हुने नवलपरासी, गैडाकोटकी २७ वर्षीया तुल्सा सापकोटा हुन् । उनकोे अनुहार र शरीरमा एसिड छ्यापिएको हो ।

आइतबार राति धादिङ, नौबिसेका सुनील कोइरालाले बुटवलको मेरिडियन होटलमा सापकोटामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्ने कोइराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसिड प्रहारबाट घाइते भएकी तुल्साको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ती दुईबीच तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको पनि खुलेको छ ।

उनीहरुले राति सँगै खाना खाएको र मध्यरातमा केही कुरा नमिलेपछि युवाले युवतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।