
प्रहरीका अनुसार कोइरालाले प्रेम सम्बन्धमा खटपट भएको कारण उक्त होटेलको कोठा नम्बर १०३ मा सँगै बसेकी नवलपरासी गैंडाकोट–५ बस्ने २७ वर्षीया तुलसा सापकोटालाई अनुहार, टाउको र शरीरमा एसिड प्रहार गरेका थिए ।
घाइते तुलसाको लुम्बिनी अञ्चल अस्पतल बुटवलमा उपचार भइरहेको जनाइएको छ ।
प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी तुलसाकी सानीआमा काठमाडौं–७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्