१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


काठमाडौंमा लुकेर बस्दै आएका ३७ बंगलादेशी पक्राउ


0
Shares

सोह्रखुट्टे प्रहरीको टोलीले सुराकीको आधारमा उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु बंगलादेशबाट भारतको पश्चिम बंगाल हुदै नेपाल आएको प्रहरीले जनाएको छ ।

उनीहरु नेपाली नागरिकता र पासपोर्ट बनाएर युरोप छिर्ने क्रममा रहेको पाइएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई अध्यागमन कार्यालयमा बुझाइने छ । काठमाडौंमा करिब ४ हजार बंगलादेशीहरु अवैध रुपमा बस्दै आएको प्रहरीको अनुमान रहेको छ ।