
निर्माता लामिछाने नेपालमा दुई हप्ताको बसाइपश्चात जापान फर्कंदैछन् । जापानमा व्यवसाय गर्दै आएका लामिछानेले नेपाली कला र संस्कृतीलाई विश्व बजारमा पुर्याउनका लागि आफूले चलचित्र निर्माण गरेको बताए ।
चलचित्र ‘लुट’देखि जापानमा नेपाली चलचित्रको प्रदर्शनको सुरुवात गरेका लामिछानेलाई सुरुवातमै गरेको कामबाट राम्रो प्रतिफल पाएका थिएनन् ।
तर पनि निरन्तर राम्रा नेपाली चलचित्रहरुको बजार जापानमा खोज्न आफू लागि परिरहेको बताए ।
चलचित्र निर्माणमा जापानमै रहेका अर्का व्यवसायी इश्वर श्रेष्ठ समेतले दुर्गिश फिल्मससँग सहकार्य गरिरहेका छन् ।
यही समूहले नै निर्माण गरेको बहुप्रतिक्षित चलचित्रहरु मध्येको ‘सायद २’ ले हङकङबाट प्रदर्शनको सुरुवात गरिसकेको छ । अब मार्च १९ मा जापानमा यो चलचित्रको प्रिमियर गरिदैंछ ।
पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्र शायद २ असार ३० गतेबाट देशभर प्रदर्शनमा आउने निर्माता सुनिल रावलले जानकारी दिए ।
राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्