
यसअघि, पोस्टपेड मोबाइलमामात्रै सेवा दिँदै आएको टेलिकमले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा शनिबार (आज)देखि प्रिपेडमा पनि फोरजी सेवा विस्तार गरेको हो । यो सेवा हालका लागि काठमाडौं उपत्यका र पोखरामामात्रै उपलब्ध हुनेछ ।
छिट्टै मुलुकभर यो सेवा विस्तार गर्ने शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।
टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सीआरबीटी) सेवा पुनः सुरु गरेको छ ।
टेलिकमको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता प्रबन्ध निर्देशक राजभण्डारीले व्यक्त गरिन् ।
वार्षिकोत्सवको अवसरमा टेलिकमले विभिन्न छुट योजना पनि सार्वजनिक गरेको छ ।
कार्यक्रममा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिकमको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए ।
उनले कर्णाली क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीलाई कम्प्युटर, इन्टरनेटसम्बन्धी जानकारी दिने कार्यक्रम सन्चालन गर्न पनि निर्देशन दिए ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नयाँ प्रविधिको प्रयोगमा लाग्न टेलिकमलाई आग्रह गरे ।
उनले सस्तो शूल्कमा विदेश फोन गर्नसक्ने व्यवस्था बनाउन पनि टेलिकमलाई निर्देशन दिए ।
हालसम्म आफ्ना ग्राहक १ करोड ६२ लाख पुगेको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्