१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अपहरण मुद्दाका आरोपित छ बर्षपछि पक्राउ


0
Shares

पक्राउपर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छ ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा उनलाई आज पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

मियाँमाथि सप्तरीको ब्रह्मपुर गाविस– ७ का औषधि पसल सञ्चालक पुनित चौधरीलाई पसल बन्द गरेर घर फर्किने क्रममा २०६७ साल माघ १३ गते राति अपहरण गरेको आरोप छ ।

अपहरणपछि चौधरीका काका जयशङ्कर चौधरीले जिल्ला प्रहरी कार्यालयमा मियाँसहित अपहरण गर्ने पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

पक्राउ परेका मियाँ विरुद्ध अनुसन्धान कार्य भइरेहेको र फरार अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी उपरीक्षक लोहनीले बताए । रासस