
१३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर-जी सेवा दिन लागेको हो ।
फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावरलाई स्तारोन्नति गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
यस्तै पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । करीब ३९ करोड रुपैयाँ खर्चिएर फोर-जी सेवा सुरु गरेको टेलिकमको भनाइ छ ।
गत पुस १७ देखि काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर-जी सेवा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्