
फाइल तस्बिर
बिहीबार पक्राउ गरिएका राउतलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत सिरहामा पेश गरेको थियो । राउतविरुद्ध लागेको अभियोगको थुनामै राखेर अनुसन्धान गर्नु र प्रमाण जुटाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले राउतलाई अदालतमा पेश गरेको थियो ।
राउतविरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’ को अभियोग दर्ता गरिएको छ । राउतविरुद्ध संगठन र मोर्चा बनाएर कानून विपरित राज्य विप्लव गरेको अभियोग लागेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजकुमार केसीले जानकारी दिए ।
राउतलाई प्रहरीले बिहीबार जनकपुरको पुरानो बसपार्कस्थित कोठाबाट पक्रेर सिरहाको लहान लगेको थियो । लामो समयदेखि भूमिगत रहेका राउतलाई लाहान लगिएपछि त्यहाँ सुरक्षा सतर्कता समेत बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्