१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


देश विखन्डनको नारा दिने सीके राउत जनकपुरबाट पक्राउ


0
Shares

विहीबार जनकपुरको पुरानो बसपार्कस्थित उनको डेराबाटै पक्राउ गरिएका राउतविरुद्ध प्रहरीले ‘राज्यविरुद्धको अभियोग’ लगाएको छ ।

राउतले तराईका जिल्लाहरुमा गर्दै आएको गतिविधिका आधारमा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यही माघ ५ गते सिराहामा खुला सभा गरी ‘नेपालबाट मधेस टुक्र्याउने’ अभिव्यक्ति दिएका राउतलाई पक्राउ गर्न सिराहा प्रहरीले धनुषा प्रहरीलाई लेखी पठाएपछि धनुषा प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

माघ ५ गतेको कार्यक्रमका सहभागीहरुलाई ‘स्वतन्त्र मधेस’को प्लेकार्ड बोकाइएको थियो भने उनले नेपालविरुद्ध भड्किलो भाषण गरेका थिए ।

मधेसमा सशस्त्र हिंसाका लागि आधार तयार पार्न खोजेको सूचना पनि सुरक्षाकर्मीले पाएको बताइएको छ ।