
इटहरी उपमहानगरपालिका–१४ स्थित खनारको डिलमा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर घाइते हुनेमा मोरङका श्रवण सरदार, सतन पासवान र सुनसरीका करिश्मा चौधरी रहेका छन् ।
उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
घटनास्थलबाट चारवटा पेस्तोल र लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ । त्यस क्रममा तीन जना प्रहरी पनि घाइते भएको जनाइएको छ ।
खनारको डीलमा लागू औषध कारोबारीको समूह रहेको सूचना पाई गएको प्रहरीमाथि सो समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।
सो समूह लामो समयदेखि मोरङ र सुनसरीका बिभिन्न स्थानमा लुटपाटमा समेत संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्