
‘समयमै कुष्ठरोगको उपचार गरौं, अपांगता हुनबाट बचौ’ भन्ने सन्देशसहित यस वर्ष यो दिवस मनाइँदैछ ।
बेलैमा सचेत हुँदा रोकथाम गर्न सकिने यस रोगले चेतना नहुँदा र लापरबाहीजस्ता कारणले मानिसलाई जीवनभर अपांग बनाइदिन्छ ।
१० वर्षमै विवाह गराइएकी देवकुमारी खड्काले एक वर्षमात्र वैवाहिक जीवन बिताउन पाइन् । विवाह भएको एक वर्षमै कुष्ठरोगले समातेपछि उनी अहिलेसम्म पनि विवाहघर फर्कन पाएकी छैनन् ।
रोग लागेपछि उनलाई श्रीमान् र घर–परिवारले सन्चो भएपछिमात्र घर फर्कनु भन्दै माइत पठाइदिए । त्यसपछि न त उनको कुष्ठरोग निको भयो, न त वैवाहिक जीवनमै फर्कन पाइन् ।
७३ वर्षमा हिँडिरहेकी देवकुमारीलाई त्यसपछि माइतीको सहारा लिनुको विकल्प थिएन । तर, त्यो आधार पनि जन्मदिने आमाबाबुको मृत्युसँगै सकियो ।
नियति पनि कस्तो ? दैवले बाबुआमा खोस्यो, कुष्ठरोगले सद्दे खुटा ! एउटा खुट्टा गुमाएकी उनको अहिले सहारा भनेपनि उपचार भनेपनि आनन्दवन अस्पताल बनेको छ ।
काठमाडौंकी छलमाया श्रेष्ठको कथा पनि योभन्दा खासै भिन्न छैन । सानैदेखि कुष्ठरोगको चेपुवामा परेकी उनलाई देवी–देवताको ‘श्राप’ले यस्तो रोग लागेको भन्दै समाजलेमात्र होइन, परिवारले नै हेला गर्यो ।
हाल ७० वर्ष रहेकी उनको पनि आमाबाबुको मृत्युपछि उही गति भयो, जस्तो देवकुमारीको थियो ।
नेपालगन्ज घर भएकी राजश्री खड्काको त आफूलाईमात्र होइन, परिवारका सासु, श्रीमान्, छोरासमेतलाई यस रोगले च्याप्यो ।
श्रीमान् र सासु यस रोगबाट मुक्त त भए तर तीनै श्रीमान्ले रोग निको भएपछि आफूलाई हेला गर्न थालेको आनन्दवन अस्पतालमा उपचाररत् उनी दुःखेसो पोख्छिन् ।
श्रीमान्ले घर नर्फन भन्दै आफू अर्को विवाह गर्ने बताएपछि उनी बिच्चलीमा छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्