
-सीता पाण्डे,ईमेज
तर, अब यो पहिरोलाई दीर्घकालीन रुपमै नियन्त्रण गर्ने उद्देश्यले रक-नेट प्रविधिको नमूना परीक्षण थालिएको छ ।
पाल्पाको सिद्धबाबादेखि दोभानसम्म ३ किलोमिटर सडक चट्टाने पहिरोका कारण जोखिमपूर्ण बन्दै गएपछि नियन्त्रणको प्रयास थालिएको हो ।
खसेको चट्टाने पहिरो सुरक्षित तरिकाले रोक्न नमुना स्वरुप ‘रक नेट’ (जाली) प्रविधीको जडान सुरु गरिएको छ । अहिले माथिल्लो सिद्धबाबा छरछरे नजिकै परीक्षणको काम भइरहेको छ ।
नमुना परियोजनाका रुपमा जियोटेक सोलुसन्स ईन्टरनेसनल प्रालिले पहिरो रोकथामका लागि अष्ट्रियाको प्रविधी राख्न सुरु गरेको हो ।
प्रविधी जडानपछि प्रतिघण्टा एक सय किलोमिटरको गतिमा आएको एक टनको ढुंगा रोक्न सकिने भूगर्भविद् एवं त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक ईन्जिनियर डा. रञ्जनकुमार दाहालले बताए । फागुन मसान्तसम्म जाली राख्ने काम सकिने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्