
नेपालस्थित अष्ट्रेलियन राजदूतावासको सहयोगमा उज्यालो फाउन्डेसनले ‘निडर’ नामक एप सार्वजनिक गरेको हो ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उक्त एप सार्वजनिक गरे ।
एपको प्रयोगले प्रत्येक व्यक्तिलाई आफ्नो सम्पर्क समूहमा जोडिरहन, लैंगिक हिंसा रिपार्टे गर्न र घटनापूर्व नै हिंसाबाट सुरक्षित रहन सकिने उक्त संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्