
‘समयमा नै कुष्ठरोगको उपचार गरौं, अपांगता हुनबाट बचौं’ भन्ने नारासहित यही माघ १६ गते विश्व कुष्ठरोग दिवस मनाइँदै छ । नेपालले सन् २०१० मै कुष्ठरोग निवारण घोषणा गरे पनि यसको जोखिम कायमै रहेको कुष्ठरोग विज्ञहरुले जनाएका छन् ।
नेपाल लेप्ररोसी मिसन नेपालले ६४औं विश्व कुष्ठरोग दिवस अवसरमा आनन्दवन अस्पतालमा गरेको कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।
हाल वर्षेनि तीन हजार नयाँ कुष्ठरोगीहरु थपिने गरेको तथ्यांकले देखाएको छ ।
कुष्ठरोग मानिसको छाला र स्नायुमा प्रभाव पार्ने रोग हो । रातो तथा हल्का फुस्रा दाग देखिने, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, गिर्खा देखिने, स्नायुमा असर गर्दा हातगोडा झमझमाउने, मांसपेसी कमजोर हुने, डाबर तथा दाग भएका ठाउँमा चिलाउने, हत्केला वा पैतालामा नदुख्ने घाउ देखापर्ने, हत्केलाको मासंपेसीहरु सुकेर जाने, नाक थेप्चो हुनेजस्ता लक्षणहरु देखापर्छ ।
कुष्ठरोग मानिसको आँखाले देख्न नसक्ने ‘माइक्रोब्याक्टोरिजम’ भन्ने किटाणुका कारण लाग्ने गर्छ ।
स्वास्थ्य मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरे शरीरको रोगनिरोधक शक्तिले ती किटाणुलाई मार्न सकेन भने कुष्ठरोग लाग्ने चिकित्सकहरुले बताएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्