
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सूचना प्रविधि सम्बन्धी सम्मेलन सुरु भएको हो । ‘‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ सामसुङ’’ को विहिबार अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् ।
क्यानले स्थापनाकालदेखि नै सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनको कार्य गरिरहेको बताउँदै आफुहरु ई–नेपालको परिकल्पना लिएर हिँडेको क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालको भनाई छ ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शन गरिएको मेलामा २ सय भन्दा बढि स्टल राखिएका छन् ।
प्रदर्शनीमा हार्डवेयर, पावर सोलुसन्स, मोवाईल एक्सेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, सफ्टवेयर सोलुसन्स लगायतका स्टल राखिएका छन् । प्रदर्शनी १८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्