
८३ वर्ष पूरा गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आइसीयुकक्षसमेत नहुँदा बिरामीले सास्तीसमेत पाएका थिए ।
तर, अस्पतालले सोमबारदेखि सिटी स्क्यान सेवा र फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको छ ।
हैजा रोग अस्पतालकोरुपमा चिनिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पाताल लामो समय निकै अस्तव्यस्त अवस्थाबाट गुज्रियो ।
८३ वर्षअघि स्थापित यो अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन गर्ने केन्द्रसमेत थिएन ।
एकताका हैजा अस्पतालको नामले चिनिएको अस्पतालमा पछिल्लो समय बिरामीले सामान्यखालको रोगमामात्र उपचार पाउने गरेका थिए ।
अब भने यस सरुवा रोग अस्पातालले आफनै सिटी स्क्यानकक्ष सन्चालनमा ल्याएको छ ।
८३औं वार्षिकोत्सव कार्यक्रममको आयोजना गरी सिटी स्क्यानकक्ष र फोहोर व्यवस्थापन केन्द्र सुरु गरिएको हो ।
अस्पतालमा अत्याधुनिक उपकरणहरु नहुँदा अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा समस्या आउने गरेकोमा अब त्यो अवस्था केही हदसम्म सुल्झिने भएको छ ।
स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले सोमबार सिटी स्क्यान कक्षको उद्घाटन गरे । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्