१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रदेश–४ को नाम अब ‘गन्डकी’ प्रदेश


0
Shares

पोखरा, असार २२ । प्रदेश नम्बर–४ को नाम ‘गन्डकी’ प्रदेश राखिएको छ ।

शुक्रबार प्रदेशसभामा भएको मतदानबाट गन्डकी प्रदेशसम्बन्धी प्रस्ताव अत्यधिकत बहुमतले पारित भएको छ ।

५९ सदस्यीय प्रदेशसभामा सो प्रस्तावको पक्षमा ५४ मत पर्‍यो भने विपक्षमा नयाँ शक्ति पार्टीको दुईमतमात्रै पर्‍यो ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे ।

सो प्रदेशको स्थायी राजधानी पोखरा हुने प्रस्ताव यसअघि नै पारित भइसकेको छ ।