१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


शिलान्यास भएको वर्ष दिनसम्म पनि अस्पताल निर्माण सुरु भएन


0
Shares

अस्पताल शिलान्यास भएको एक वर्ष बितिसक्दा पनि काम शुरु हुन नसकेपछि स्थानीय निराश भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्ना पिता स्वर्गीय महेन्द्रनारायणको नाममा अस्पताल शिलान्यास गरेका थिए । तर, अहिलेसमम निर्माण समितिले काम अघि बढाउन सकेको छैन ।

विभिन्न समस्या देखाउँदै समितिले निर्माणको काम अघि नबढाएको हो ।

अस्पतालको शिलान्यासपछि गाउँमै सेवा सुविधा उपभोग गर्न पाइने आशामा रहेको स्थानीयबासिन्दासमेत अहिले निराश बन्दै गएका छन् । उनीहरुले अस्पताल निर्माणको कामलाई तिव्रता दिन माग गरेका छन् ।