१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


वातावरण प्रदूषण करबापत उठाइएको ४ अर्ब मन्त्रालयमा त्यसै थन्कियो (भिडियो रिपोर्ट)


0
Shares

सरकारले ८ वर्षयता वातावरण प्रदूषण कर उठाइरहेको छ । तर, यसरी उठाएको करिब ४ अर्ब रुपैयाँ अर्थ मन्त्रालयमै थन्किएको छ ।

वातावरण प्रदूषण न्यूनीकरणका लागि खर्च गर्ने उद्देश्यसहित कर लगाइएपनि ८ वर्षसम्म त्यसको कुनै उपयोग हुन सकेको छैन र आफूले बुझाएको करबारे जनताले कुनै सूचनासमेत प्राप्त गर्न सकिरहेका छैनन् ।

विश्व स्वास्थ्य संगठनले विश्वका तीन हजार सहरमा गरेको प्रदूषणको अवस्थाको अध्ययनले काठमाडौं सहर २६१औं स्थानमा छ । वातावरण प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहेको छ ।

बढ्दो वातावरण प्रदूषणका कारण नेपालमा वर्षेनि १० हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।