१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


‘कुनैपनि मुलुक आतंकवादवाट अछुतो रहन सक्दैन’


0
Shares

१ ३ राष्ट्रका १ ६६ जना प्रहरी प्रतिनिधि सहभागी सम्मेलनले पाँचओटा कार्यपत्र पारित गरेको छ ।

सम्मेलनमा मानव बेचबिखन, सीमापार अपराध, बालबालिका तस्करी, बालश्रम, विद्युतीय अपराध नियन्त्रणलगायत पाँचओटा कार्यपत्र पारित गरेको छ ।

सम्मेलनबारे जानकारी गराउँदै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपालले इन्टरपोलको सदस्य राष्ट्रकोरुपमा आपराधिक गतिविधि नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

यसैगरी, सम्मेलन तथा तयारी समितिका अध्यक्ष एवं अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले सम्मेलनले महत्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिए ।

नेपाल पनि आतंकवादी गतिविधिबाट अछुतो नरहेको भन्दै उनले नेपालमा हुनसक्ने आतंकवादी गतिविधिबारे इन्टरपोलका सदस्य राष्ट्रहरुलाई जानकारी गराइने बताए ।

सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा इन्टरपोलका महासचिव जर्गेन स्टोकले कुनैपनि मुलुक आतंकवादवाट अछुतो रहन नसक्ने भन्दै मिलेर त्यसको सामना गर्नुपर्नेमा सहभागीहरु सहमत भएको बताए ।

इन्टरपोललको अर्को सम्मेलन इरानमा जनाइएको छ ।