
बालस्वास्थ्य महाशाखाका निर्देशक डा. पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी विहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
नवनियुक्त महानिर्देशक पन्तले शुक्रबार नियुक्तिपत्र बुझेका छन् । विभागका महानिर्देशक डा. पुष्पा चौधरीलाई प्रसूतिगृहमै काजफिर्ता गरिएको सल्लाहकार पौडेलले बताए ।
यसैगरी, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रियाअघि बढाएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउने सरकारले तयारी गरेको हो ।
विहीबारको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए ।
सल्लाहकार पौडेलकाअनुसार प्रतिष्ठानको विधेयक तयार भइसकेकाले चाँडै संसदमा दर्ता हुनेछ । सरकारले यो प्रतिष्ठाने प्रदेश नम्बर–५ का लागि स्थापना गर्न लागेको हो ।
सरकारले डा. गोविन्द केसीले प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज हुनुपर्ने मागमा सहमति गरेसँगै यो प्रक्रिया अगाडि बढाइएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्