९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चर्चामा महेशको ‘चुम्मा सङ’(हेर्नुहोस भिडियो)


0
Shares

सौतेनी आमाको दुब्र्यहारबाट पीडित बालकको कथा व्यथा समेटिएको उक्त लोक दोहोरी गितले नेपाली श्रोता तथा दर्शकको निकै मन जितेको थियो ।

तिनै बालक अर्थात हालका युवा गायक महेश काफ्लेको नयाँ गित यतिबेला बजारमा आएको छ । गायक तथा संचारकर्मी काफ्लेले युट्युव मार्फत ‘चुम्मा सङ’ शिर्षकको गीत सार्बजनिक गरेका हुन् ।

आफ्नै शब्द, संगीत तथा स्वरमा तयार भएको ‘चुम्मा सङ’ ले निकै राम्रो प्रतिक्रिया पाइरहेको गायक महेशले बताए ।

मूड्खु भञ्ज्याङमा छायाकंन गरिएको भिडियो खुबै रोमान्टिक बनेको छ । सागर गौतमले खिचेको भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । फूलबारी म्यूजिक प्रालीले उत्पादन तथा वितरण गरेको छ ।

चर्चित लोक गायक भोजराज काफ्लेका कान्छा छोरा महेशले बिशेषगरी युवा पुस्तालाई लक्षित गरी गीत तयार पारेको भएतापनी सम्पूर्ण उमेर समुहका श्रोता तथा दर्शकले राम्रो प्रतिक्रिया दिएको दाबी गरे ।