१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


इनरुवामा छुरा प्रहार, दुईजना घाइते


0
Shares

स्थानीय २५ वर्षीय मनोजकुमार मण्डलले सोही ठाउँ बस्ने बुधन शारदारलाई छुरा प्रहार गरेका हुन् । मादक पदार्थ सेवनबाट मातेका उनले शारदारको पछाडिपट्टिको ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते युवकको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

यता छुरा प्रहार गर्ने मण्डललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मण्डल समेत घाइते भएकाले उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ ।

कुन कारणले छुरा प्रहार भएको खुल्न नसकेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर दुवै जनाले एकापसमा छुरा प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । (रासस)