
केकी हालै यस्तै एउटा गीतमा गज्जबको अभिनयसहित देखिएकी छिन् । ‘काठै खायो धमिरैले’ बोलको गीतमा केकी मोडल तथा नायक पुष्पल खड्काले साथ देखिएकी छन् ।
केकी र पुष्कल अभिनित नयाँ म्युजिक भिडियो मंगलबार युट्युब मार्फत् सार्वजनिक भएको छ । भाइब्स क्रिएसनको च्यानलबाट सार्वजनिक भएको भिडियोमा केकी र पुष्पललाई एउटै म्युजिक भिडियोबाट सार्वजनिक गरेका हुन् गायक परशुराम रिजालले ।
‘काब्य’ एल्बमपछि ‘काठै खायो धमिरैले’ लिएर आएका गायक रिजालले म्युजिक भिडियोमा केकी र पुष्पललाई अभिनय गराएका हुन् ।
राजधानीको त्रिभुवन पार्कमा छायांकन भएको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।
जसमा नेपाल प्रहरीका एसपी राजुबाबु श्रेष्ठको शब्द समेटिएका छन् भने चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्