
गत मंसिर ९ गते झापाका विशाल खड्कालाई रामेछापमा गोली हानी हत्या गरेको आरोपमा प्रहरीले तेह्रथुमका २६ वर्षीय मनकुमार लिम्बू र रसुवाकी १८ वर्षीया विन्दू तामाङलाई पक्राउ गरेको छ ।
अभियुक्त दुबैजना झापाको दमकमा उनीहरु बस्दै आएको डेराबाट आइतबार पक्राउ परेका हुन् ।
अभियुक्तहरुले खड्काको हत्या गरेपछि शवलाई उनकै टाटासुमोको पछाडिको सिटमा राखेर आगो लगाएका थिए ।
घटनामा संलग्न एकजना भने फरार रहेको रामेछाप प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्