
नवनिर्मित अस्पतालको सोमबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरे ।
प्रहरीकोमात्र नभइ सर्वसाधारण जनतालेसमेत अस्पतालबाट सेवा पाउने उद्घाटन कार्यक्रममा महानिरीक्षक अर्यालले जानकारी दिए ।
उक्त अस्पताललाई ट्रमा सेन्टरकोरुपमा विकास गरी सेवा–सुविधालाई प्रभावकारी बनाउँदै लगिनेसमेत महानिरीक्षक अर्यालले बताए ।
कार्यक्रममा अस्पतालका लागि २ बिगाहा ५ कट्ठा जग्गा प्रदान गर्ने जग्गादाता जोगेन्द्र भगत र ठाकोदेवी भगत दम्पतीलाई सम्मान गरिएको थियो ।
३० करोड रुपैयाँको लागतमा अस्पताल निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्