
काठमाडौं, फागुन ३० । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान–प्रविधिलाई व्यावसायिकीकरण आवश्यक रहेकोमा जोड दिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको विज्ञान–प्रविधि तथा नवप्रवर्तन राष्ट्रिय सम्मेलनको बिहीबार ललितपुरमा उद्घाटन गर्दै उनले शिक्षामा वैज्ञानिकीकरण आवश्यक रहेको बताए ।
विज्ञान र प्रविधिको विकासका लागि सरकारले विशेष नीति बनाएर अघि बढ्ने उनको भनाइ थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान–प्रविधिलाई सामाजिक रुपान्तरण र आर्थिक विकासका लागि उपयोग गर्न सक्नुपर्ने बताए ।
देशका प्रतिभाहरुलाई अनुसन्धान तथा आविस्कार क्षमता विकासका लागि लाग्नसक्ने वातावण बनाउनुपर्ने उनको भनाइ छ ।
सम्मेलनमा राष्ट्रिय शिक्षा, विज्ञान–प्रविधि तथा नवप्रवर्तन नीतिका विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्