१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


श्रीमतीको हत्या आरोपमा पक्राउ


0
Shares

देवेन्द्रले आफ्नी २४ वर्षीया श्रीमती देवकीलाई यही पुस २४ गते राति लठ्ठीले कुटपिट गरी हत्या गरेर २५ गते बिहान गाउँलेको सहयोगमा दाहसंस्कार गरेको प्रहरीले बताएको छ ।

आफूलाई जानकारी नगराइ देवकीको दाहसंस्कार गरिएपछि माइतीपक्षले प्रहरीलाई पुस २७ गते बेलुका घटनाबारे खबर गरेको थियो ।

माइतीको खबरका आधारमा देवेन्द्रलाई घरबाटै नियन्त्रणमा लिइएको र शुक्रबार बुवा पदमसिंह कुँवरले जाहेरी दिएकाले थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । रासस