
जसको माध्यम बन्यो, बाह्र/बाह्र वर्षमा आउने थकाली जातीको ल्ह्फेव पर्व ।
थकाली स्वास्थ्यकर्मी परिवारको आयोजना र धौलागिरी युवा क्लव कोवाङको सहयोगमा मुस्ताङको कोवाङ गाविस–५ स्थित लार्जुङमा तीन दिने शिविर सञ्चालन गरिएपछि उनीहरु लाभान्वित भएका हुन् ।
शिविरमा काठमाडौं र विदेशका समेत गरी २० जना चिकित्सकले विशेषज्ञ सेवा प्रदान गरेका थिए । ल्याव टेक्निसियन र भोलेन्टियरसमेत ५० जना स्वास्थ्यकर्मी शिविरमा जुटेका थिए ।
सेवा प्रदान गर्न पुगेका चिकित्सक थकाली स्वास्थ्यकर्मी परिबारभित्रकै सदस्य हुन् । जसमा अधिकांश गौचन, तुलाचन, शेरचन र भट्टचन थिए । शिविरमा हाडजोर्नी, नशा, मानसिक, स्त्रीरोग, मुटुरोग, दन्त सेवा, आँखालगायत रोगको उपचार गरिएको थियो । जसमा भिडियो एक्स रे, इसिजी, ल्याव र फार्मेसीको सुविधा दिइएको थियो ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्