८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘फोरजी’को प्रयोगकर्ता ३५ हजार पुगे, माघ २२ देखि प्रिपेड मोबाइलमा पनि : टेलिकम


0
Shares

यो सेवा प्रयोगमा ल्याएदेखि हालसम्म ३५ हजार पोस्टपेड मोबाइलका उपभोक्ताले यो सेवा प्रयोग गरेको टेलिकमका सहप्रवक्ता सोभन अभिकारीले विहीबार हामीसँग बताए ।

हाल काठमाडौं उपत्यका र पोखरामा यो सेवा उपलब्ध गराएको टेलिकमले छिट्टै महानगरपालिका र उपमहानगरपालिका गरी १५ ओटा नगरमा पनि सेवा विस्तार गर्दै देशैभर पुर्‍याउने उनले बताए ।

हाल पोस्टपेड मोबाइल उपभोक्तालेमात्रै प्रयोग गर्न पाउने फोरजी टेलिकमको आगामी माघ २२ गते हुने वार्षिकोत्सवका दिनदेखि प्रिपेड मोबाइल उपभोक्ताले पनि प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ ।