
सोही गाविसकै वर्ष २३ का सुरेश तामाङले २१ वर्षीय सुन्दर अधिकारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।
प्रहरीकाअनुसार अधिकारीको स्वास्थ्य अवस्था गम्भीर छ । उनको घाँटीनजिकै पछाडिपट्टिको भागमा खुकुरीको ठूलै चोट रहेको छ ।
सोमबार राति सामान्य उपचारपछि उनलाई काठमाडौं ग्रान्डी अस्पतालमा लगिएको बताइएको छ । घटना के–कति कारण भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक रबिन कार्कीले फरार आक्रमणकारी तामाङको खोजी भइरहेको जानकारी दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्