८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘सुन्दरीचोक’ लोकार्पण


0
Shares

काठमाडौं, चैत १ । निबन्धकार ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘सुन्दरीचोक’को लोकार्पण गरिएको छ ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले निबन्धसंग्रहको लोकार्पण गरेका हुन् ।

निबन्धसंग्रह सुन्दरीचोकमा ३० ओटा निबन्धहरु समेटिएका छन् ।

निबन्धसंग्रहमा नेपाली कला, धर्म संस्कृतिलगायतका विषयमा लेखिएका निबन्धहरु समेटिएका छन् ।

सहित्यकार दुर्गाप्रसाद श्रेष्ठले निबन्धसंग्रह सुन्दरीचोक ऐतिहासिक सिर्जना भएको बताउँदै भावी पुस्ताका लागि यो पुस्तक सांस्कृतिक प्रेरणा बन्नसक्ने बताए ।