
बस्ती शिलान्यासमा कलाकारहरु मनोज गजुरेल, किरण केसी, जितु नेपाललगायत पुगेका थिए । शिलान्यास कार्यक्रममा मुसहर समुदायले धुर्मुस–सुन्तलीलाई अनुहार नै छोपिने गरी माला लगाएर स्वागत गरेका थिए ।
बस्ती शिलान्यास गर्दै कलाकार हरिवंश आचार्यले सीताराम कट्टेल नेपाल आमाको सपूत भएको बताए । यसअघि पहाडमा खुसी छरेका सीताराम कुञ्जनाको जोडीले अहिले मुसहर बस्तीमा उज्यालो छर्दा सिंगो देशमै खुशी छाएको आचार्यको भनाइ छ ।
त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस–सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको भन्दै पदमा बसेकाहरूले काम नगरिदिएकाले देशको अवस्था विकराल बनेको चिन्ता व्यक्त गरे ।
कलाकार सीताराम कट्टेल धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए । कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुशी छर्न पाउँदा आफूहरु खुशी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरे ।
गंगासागर सफाई अभियन्ता रामआशिष यादवले मुसहर बस्तीले तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम गर्ने विश्वास व्यक्त गर्दै धुर्मुस, सुन्तलीलाई धन्यावाद दिए ।
४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुने तथा नमूना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गरिने धुर्मुसले जानकारी दिए ।
गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयाँबाट निर्माण प्रारम्भ गरिएको हो भने बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्