
थकालीहरुको महान पर्व ल्हाफेबको अवसरमा शुक्रबार मुस्ताङको थाकखोलामा पूर्व बाणिज्य मन्त्रि रोमी गौचन थकालीको हातबाट बिमोचन गरिएको हो ।
थकाली जातीको १२ बर्षमा लाग्ने महान पर्व (मेला)मा देशकै विशिष्ट व्यक्तित्वहरु बाट आफ्नो एल्बम सार्वजनिक गर्न पाउँदा निकै नै खुशी लागेको बताइन ।
देश विदेश बाट मेलाको अवशरमा संसारभर छरिएर रहेको थकालीहरु भेला भएको मौकामा थकाली भासाकै एल्बम सार्वजनिक गरेकी एन्जिलाको यो थकाली संस्कृति र भाषाको पहिलो हो भने नेपाली सहित दोस्रो एल्बम हो । उनि नेपाली भाषाको पनि दोस्रो एल्बम छिट्टै ल्याउने सोचमा छिन् ।
चार वटा थकाली गीत समावेश यस एल्बममा मनोज शेरचन, कुल बहादुर गौचन, राजु गौचन तथा स्वर्गीय निला तुलाचनको शब्द संगीत रहेको छ ।
यस थकाली एल्बममा उनले गायक तथा संगीतकार राजु गौचनसंग गाएको एक गीतको म्युजिक भिडियो समेत तैयार भएको छ ्र ङ्ह्याय कान्छारी बोलको उक्त गीतलाई मुनाल फिल्म्स पोखराका भोज गुरुङले भिडियोमा उतार्ने काम गरेका छन् ।
यस्तै गायिका एन्जिलाले मुस्ताङकै परिवेश र थकाली संस्कृतिमा नेपाली भाषामा गायक तथा संगीतकार टंक शेरचनसंग धौलागिरीको काखैमा बोलको गीत संगै नेपाली भाषाको दोस्रो एल्बम पनि तैयारी संगै सार्वजनिक गर्ने तर्खरमा रहेकी छिन ।
गायिका एन्जिलाले झन्डै दुइ दशक अघि गायक अविनाश घिसिङसंग गायकी ‘थाहा पाएँ तिम्रो बानी भनि दिन्छु म त सबै’ बोलको गीत हरेक युवा युवतीको रोजामा पर्न सफल भएको थियो । जुन गीत हिजो आजको युवा युवतीले पनि मन पराउने गरेको छ ।
यस्तै नेपाली भाषाको दोस्रो एल्बम तयारी गर्दै गरेकी उनले आफ्नो पुरानो साथी तथा गायक अविनास घिसिङसंगै अर्को गीत पनि गर्दै गरेको सुनाइन । उनलाई अविनाशसंगको थाहा पाएँले नेपाली सांगीतिक आकाशमा स्थापित गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्