
६६ वर्षीय पुरीको हृदयाघातका कारण मुम्बईमा निधन भएको पारिवारीक स्रोतले बताएपनि टाउकोमा चोटका निशाना पाइएकाले मृत्यु शंकास्पद मानिएको हो ।
यसबारेमा अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट सार्वजनिक गरिएको छैन । उनकोे घरका सहयोगीहरुले कोठामा लडेर टाउकोमा चोट लागेको बताएपछि हृदयघातका कारण मृत्यु नभएको खुलासा भएको हो ।
सन् १९५० को अक्टोबर १८ मा अम्बालामा जन्मनु भएका पुरीले भारतीय चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भारत सरकारले नागरिकलाई दिने चौथो ठूलो सम्मान पद्यम श्रीबाट सम्मानसमेत गरेको थियो ।
पुरीले सन् १९८२ मा आरोहण तथा सन् १९८३ मा अर्ध सत्यबाट उत्कृष्ट अभिनेताका लागि राष्ट्रिय चलचित्र अवार्ड पनि प्राप्त गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्