१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भक्तपुरमा मोटरसाइकलबाटै ६ लाख लुटियो


0
Shares

बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै काभ्रे पाँचखाल घर भइ हाल भक्तपुर बालकुमारीकी मन्दिरा अधिकारीका साथबाट मोटरसाइकलमा आएका रकम लुटेर फरार भएका हुन् ।

पीडित अधिकारीले भनिन्–‘बैंकबाट रकम झिकेर बा६१प २२७३ नम्बरको स्कुटरमा गठ्ठाघरस्थित सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थामा जाँदै थिएँ, सहकारीअगाडि स्कुटर रोकेर ब्याग बोक्न खोज्दा मोटरसाइकलमा आएका दुईजना रकमसहितको ब्याग बोकेर फरार भए ।’

अनुसन्धानकाक्रममा बा७९प अल्फाबेट भएको नम्बर खुल्न नसकेको कालो–रातो रङको मोटरसाइकलमा आएका लुटेराले रकम लुटेर सागबारीतर्फ फरार भएको प्रहरीले जनाएको छ । रासस