
सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिब १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ताअघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानकाक्रममा खुलेको छ ।
केही समयदेखि उनी दिदी–भिनाजुसँगै बस्दै आएकी थिइन् ।
अनिषाको नातामा दाजुपर्ने कृष्णबहादुर तामाङलाई पनि सो घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
दुबैजनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चापागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्