
सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेस बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथमा रहेको झोला तलासी गर्दा चरेस फेलापरेको हो ।
पक्राउ परेका रोकाया यसअघि पनि चरेस मुद्दामा फरारको सूचीमा थिए । उनीहरुमाथि अनुसन्धान थालिएको छ ।
चोरीका मोटरसाइकलसहित तीन पक्राउ
चोरी भएका दुई मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको छ ।
धनगढी उपमहागरपालिका–१० का मनीष चौधरी, राज चौधरी र रामजित चौधरीलाई विभिन्न मितिमा चोरी भएको से२प ६१३६ र से२प ८५०३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
फेलापरेको रकम सम्बन्धित व्यक्तिलाई बुझाइयो
स्थानीय होटेल जलासा प्रालिका सन्चालक प्रदीप थापाले सडकमा भेटाएको रु १७ हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेर उदाहणीय काम गरेका छन् ।
सडकमा बेवारिसे लेडिज पर्समा भेटिएको यो रकम जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएकामा सम्बन्धित व्यक्ति कन्चनपुर पुनर्वास नगरपालिका–१५ की दुर्गा रानालाई रकम बुझाइएको पनि प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्