९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन


0
Shares

६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रबार बिहान मृत्यु भएको हो ।

उनले विभिन्न भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले विभिन्न विधामा सशक्त अभिनय गरेका कारण बलिउडमा उनलाई स्थापित कलाकारका रुपमा लिइन्छ ।

स्व. पुरीका एक छोरा छन् । सन् १९९३ मा दाम्पत्य जीवनमा बाँधिएका उनले सन् २०१३ मा पत्नी नन्दितासँग सम्बन्ध विच्छेद गरेका थिए ।