१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


डा. केसीसँगको सम्झौता त्रिविद्वारा उल्लंघन, ‘फेरि खोला उल्टो बग्न थाल्यो’ (भिडियो रिपोर्ट)


0
Shares

भर्ना शुल्क र सिट निर्धारण गर्ने निर्णय चिकित्साशास्त्र अध्ययन संस्थानलाई दिने सम्झौता उल्लंघन गर्दै त्रिविले उक्त अधिकार हत्याएपछि त्यसको चर्को विरोध भएको छ ।

त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजहरुका सिट संख्या र भर्ना शुल्क आफैंले नै निधारण गर्ने निर्णय गरेपछि त्रिविका पूर्वउपकुलपतिहरुले यसको विरोध गरेका छन् ।

मेडिकल कलेजहरुको सिट संख्या र भर्ना शुल्क निधारण गर्ने अधिकार पाएको चिकित्साशास्त्र अध्ययन सस्थान (आइओएम)लगायत ९ ओटै संकायको अधिकार खोसेर त्रिविले लिने भएपछि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ‘फेरि खोला उल्टो बग्न थालेको’ टिप्पणी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसहित बुधबार बसेको त्रिवि सभाले यस्तो निणर्य गरेको थियो ।

त्रिवि सभाले सिट सख्या र भर्ना शुल्क तोक्ने अधिकार आइओएमका डीनको संयोजत्वमा रहेको समितिबाट खोसेर त्रिविको रजिस्टारको संयोजकत्वमा रहने गरी निर्णय गरेको हो ।

इन्जिनियरिङ अध्ययन प्रतिष्ठानको इन्जिनियरिङ विद्यार्थीको सिट संख्या र शुल्क तोक्ने अधिकारसमेत खोसेर कार्यकारी परिषदले लिने भएको छ ।

त्रिविको सम्बन्ध पाएका संस्थाहरुलाई आफूअनुसार चल्ने अधिकारसमेत दिइसकेको अवस्थामा पुनः यस्तो खेल दोहोरिनुले अब मेडिकल क्षेत्रमा माफियातन्त्र झन् हावी हुने भन्दै चिकित्सकहरुले दुःख व्यक्त गरेका छन् ।

यो खेल पहिला पनि भएको भन्दै त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमाले त्रिविले भर्ना शुल्क, सिट निर्धारणको काम गर्दै बस्ने हो भने ठूलो काम कहिले गर्ने भन्ने प्रश्न गर्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्