
बाँझगरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन मोक्तानसहितका पदाधिकारीहरुले १३ जना सवारीचालक, १२ टिपर, एउटा भारतीय नम्बर प्लेटको कार र एउटा स्काभेटर नियन्त्रणमा लिएर बुधबार प्रहरीलाई बुझाएका हुन् ।
प्रशासनसँगको मिलेमतोमै नदीजन्य पदार्थको तस्करी हुने गरेको स्थानीयको आरोप छ ।
पक्राउ परेका चालक र सवारी–साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुझाइएको छ ।
नदीजन्य पदार्थ तस्करीका मुख्य योजनाकार मानिएका ठेकेदार भीम पौडेल र सुरेश श्रेष्ठ भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस्